११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

‘हालान्ड रोनाल्डोको स्तरसम्म पुग्‍न सक्छन्’



एजेन्सी ।
जर्मन बुन्डेसलिगामा सनसनी मच्चाइरहेका बोरुसिया डर्टमन्डमा स्ट्राइकर एर्लिङ हालान्डले रोनाल्डोको स्तरमा पुग्‍नसक्ने रिभाल्डोको विश्वास छ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडको नजरमा परेका हालान्डका लागि यो ठूलो अनुबन्ध हुन सक्नेछ ।

हालान्ड यसै जनवरीमा अस्ट्रियन क्लब साल्जबर्गबाट डर्टमन्डमा अनुबन्ध भएका थिए । १९ नर्वेली फारवार्डले बुन्डेसलिगाका मात्र नै खेलमा दश गोल गरेका छन् । त्यस्तै डार्टमन्डका लागि सबै खाले १२ खेलमा १३ गोल गरेका छन् ।

बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले भविष्यका लागि ला लिगामा हालान्डको समर्थन गरेका छन् । उनले हालान्ड ब्राजिलियन लिजेन्ड खेलाडी रोनाल्डोको सम्भावित स्तरसम्म पुग्‍ने गुणहरू भएको विश्वास गरे ।

“उनी पहिले नै एक राम्रो खेलाडीको स्तरमा पुगिसकेका छन् । १९ वर्षको उमेरमा उत्कृष्ट लयमा देखिएका उनी भविष्यमा अझ राम्रो हुन सक्छन् र विश्वको सर्वश्रेष्ठ स्ट्राइरमध्ये एक हुन सक्छन्,” रिभाल्डोले भने, “उनी निडर भएर खेल्छन् र मैदानमा धेरै शान्त देखिन्छन् । त्यसैले उनी एक विश्वस्तरीय खेलाडी हुन्, जसले अझै धेरै कुरा सिक्न बाँकी छ । त्यसैले यो सामान्य हो कि उनलाई धेरै क्लबले पछ्याइरहेका छन् ।”

उनले थपे, “केही व्यक्तिहरूले हालान्डको शैलीलाई रोनाल्डोसँग दाँजेर हेरिरहेका छन् । किनकि हालान्डसँग छिटो, निडर र धेरै स्कोर गर्न सक्ने केही समानताहरू छन् । तर, उनी रोनाल्डोको उत्तराधिकारी हुन सक्ने सोच्‍नु एकदमै चाँडो हुनेछ ।”

“रोनाल्डोले चार विश्वकप खेल्दै दुई विश्वकपको उपाधि जिते । उनले आफ्नो दौड र गोलका साथ विश्वलाई चकित पारे । त्यसैले हालान्ड रोनाल्डोको स्तरसम्म पुग्‍नसक्छ कि सक्दैन भनेर हेर्न हामीलाई समय चाहिन्छ,” रिभाल्डोले भने, “अब रियल मड्रिड हालान्डको मनपर्ने गन्तव्य मध्ये एक हुने देखिन्छ । उसले स्पेनिस फुटबलमा समृद्धि हुने पर्याप्त गुण देखाएका छन् ।”

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ०९ बजे