१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

श्रीलंकामा क्रिकेट सुरू गर्ने तयारी



काठमाडौं ।
श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेल गतिविधी बन्द गरिएकोमा श्रीलंकामा आउदो जुनदेखि भने क्रिकेट सुचारु गर्ने त्यहाँको क्रिकेट बोर्डले तयारी गरेको छ ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको जानकारी दिएका छन् ।

प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

सुरुमा २ फास्ट बलरबाट अभ्यास सुरु गर्ने र क्रमिकरूपमा टिमका सबै जनालाई जुन २० सम्म अभ्यासमा सहभागी गराउने उनले बताए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ८ : १८ बजे