१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगा ६ र बुद्धभूमिमा २ जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विहान स्वास्थ्य कार्यालय कपिलवस्तुको स्रोतले दिएको जानकारी अनुसार वाणगंगामा ६ र बुद्धभूमिमा २ जना संक्रमित थपिएका हुन् ।

संक्रमितको नाम र ठेगाना ‘भेरिफाई’ गर्ने काम भैरहेकाले सूचना बाहिर सार्वजनिक हुन सकेको छैन् ।

‘जिल्लामा थप ८ जना संक्रमित भेटिएका छन्, उनीहरुको ठेगाना र नामको बारेमा ‘भेरिफाई’ गर्ने काम भैरहेको छ, स्रोतले मायादेवीसंग भन्यो, ‘केहि बेरमा सबै ठेगाना बाहिर आउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ८ : ५२ बजे