७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

देशभर कोरोना संक्रमित ५ सय ४८ पुगे, थप ३२ जनामा पुष्टि



काठमाडौं ।
नेपालमा आज थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४८ पुगेको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

नयाँ थपिएकाहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिला, सर्लाहीको गोडैता, कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी, बारको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डौका ३५ वर्षाीय पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष तथा चितवनको भरपुर ६ का ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ९ : ४९ बजे