१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ला लिगा सञ्चालन गर्न अनुमति



एजेन्सी ।
स्पेनी सरकारले देशको सबैभन्दा ठूलो व्यावसायिक फुटबल लिग ला लिगा को म्याच आउँदो जुन ८ तारिखदेखि सुरु गर्न अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएपछि गएको मार्चमा ला लिगा स्थगित गरिएको थियो । यद्यपि गएको हप्तादेखि कैयौँ टिम र उसका खेलाडीले अभ्यास सुरु गरेका थिए ।

कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित बनाएको देशमध्ये स्पेन पनि एक हो । तर पछिल्लो केही हप्तादेखि देशभर लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको छ ।

गएको हप्तादेखि जर्मन फुटबल लिग बुन्डेस लिगा सुरु गर्न अनुमति दिइएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ८ : ३१ बजे