४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बुटवलमा उपचाररत कपिलवस्तुका १० जनाले कोरोनालाई जिते



रुपन्देही ।
कोरोना संक्रमण बढी देखिएको प्रदेश पाँचमा निको हुनेको संख्या पनि बढदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाको कोरोनो जितेको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन् । भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको बताइन्छ । दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए । उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ ।’

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जिन्त सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन् । अब आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने जनाइएको छ । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेका छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने उनको भनाइ छ ।

धागो कारखानामा २ सय बेड थप गरिदै छ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेन सेन्टर बनाइएको छ । लोकान्तरबाट साभार

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ९ : १४ बजे