१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मायादेवीका तीनै जना संक्रमित मुम्बईबाट आएका थिए, कपिलवस्तुमा संक्रमितको संख्या ८० पुग्यो



मायादेवी अनलाइन चारनम्बर ।
कपिलवस्तुमा साँझ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ का हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।

संक्रमित तीनै जना हालै मुम्बईबाट आएको पुष्टि भएको छ । उनीहरु नेपाल राष्ट्रिय प्रावि खैराटीमा रहेको क्वारेनटाइनमा रहेका छन ।

यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ । जिल्लामा शनिबार विहान मात्र वाणगंगा नगरपालिकाका ६ र बुद्धभूमि नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमित थपिएका मध्ये वाणगंगा नगरपालिका वडा नं. ८ का २५ बर्षीय, वडा नं.३ का १९ बर्षीय, वडा नं. ११ का ४२ बर्षीय, वडा नं. ५ का ४० बर्षीय, वडा नं. १० का ३५ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ६ की २७ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

यता बुद्धभूमि नगरपालिका वडा न. ४ का १७ बर्षीय र सोही ठाउँका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यी दुई दाजुभाई थिए ।

यी सबै संक्रमितको स्वाब बाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट भएको थियो । आज थपिएका मध्ये एक जना वडाध्यक्ष र पत्रकार समेत रहेका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ९ : ५२ बजे