७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए, कारण लकडाउन खुकुलो !



काठमाडौं ।
भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । भारतमा गएको २४ घण्टामा ६ हजार ७०० कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा भारतमा १४७ को ज्यान गएको छ ।

भारतमा शनिबार पनि ६ हजारकै संख्यामा कोरोना संक्रमित थपिएका थिए । शनिबार ६ हजार ६५४ कोरोना संक्रमित थपिएक थिए ।

यस संख्या त्यसअघिकै उच्च वृद्धि दर थियो । आइतबारको कोरोना संक्रमृतको वृद्धि दर भने हालसम्मकै उच्च हो ।

नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ एक लाख ३१ हजार ८६८ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट भारतमा ३ हजार ८६७ को मृत्यु भइसकेको छ ।

भारतमा संक्रमितमध्ये ५४ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन् । भारतले लकडाउन खुकुलो बनाउँदै जाँदा त्यहाँ तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतले यसै हप्ताबाट आन्तरिक उडान खुलाउँदै छ भने आगामी दश दिन भित्र २ हजारभन्दा बढी रेल संचालन गर्दैछ। एजेन्सी

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  १ : १२ बजे