१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पोग्बा युनाइटेडमै रहने विश्वास



एजेन्सी ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक गुनर सोल्सायरले पाउल पोग्बा युनाइटेडमा नै रहने बताएका छन् । उनले आफ्ना मुख्य प्रशिक्षक युनाइटेडमा नै रहने दाबी गरे ।

सोमबार स्काई स्पोर्टस्‌सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पोग्बा युभेन्टस र रियल मड्रिडमा जाने चर्चा थियो । प्रिमियर लिगको पहिलो खेलमा युनाइटेडले चेल्सीलाई ४–० ले पराजित गरेको थियो ।

प्रिमियर लिगको ट्रान्सफर विन्डोज बन्द भइसकेको छ । तर ला लिगा र सिरी ए को भने सेप्टेम्बर दुईसम्म खुला रहनेछ । उनी युभेन्टसमा फर्किने अथवा मड्रिडमा जानसक्ने सम्भव रहेको छ ।

“मिडियाको प्रश्‍न सधै पोग्बाकै विषयमा हुन्छ । म मेरो टिममा खुसी छु । आफ्नो काम गर्दा म खुसी छु । म आफ्नो कामलाई माया गर्छु र म खेलमा आनन्द लिन्छु,” सोल्सायरले भने ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ४ : १४ बजे