२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अर्घाखाँचीमा पुग्यो कोरोना, पाणिनीमा एकै पटक दुई जनामा संक्रमण पुष्टि



विष्णुकुमार आले, अर्घाखाँची ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणबाट अर्घाखाँचीको पाणिनी ८ कमला माबि क्वारेन्टाइनमा रहेका २ जना पुरूषमा कोरोना पोजेटिभ देखिएको छ ।

पाणिनी ८ का १९ बर्षीय र ४३ बर्षीय पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू दुबै जना जेठ २ गते भारतबाट आएका थिए । उनिहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको थियो ।

उनीहरू संगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । अर्घाखाँचीमा किटको अभावमा परिक्षणको दायरा फराकिलो हुन सकेको छैन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ९ : २० बजे