२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

विजयनगरको आइसोलेशनमा बुद्धभूमिका दुई कोरोना संक्रमितलाई राखियो



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई कोरोना संक्रमित व्यक्तिलाई विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको छ ।

बुद्धभूमिमा तत्काल आइसोलेशनको व्यवस्था नहुँदा दुई पालिकाका प्रमुखहरुबीच समन्वय गरी बुद्धभूमि वडा नं. ४ का कोरोना संक्रमित २२ बर्षीय महिला र १७ बर्षीय पुरुषलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

उहाँहरुलाई गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आयुर्वेदिक अस्पतालमा बनाईको आइसोलेशन सेन्टरमा राखिएको छ । दुबै कोरोना संक्रमितलाई आइतवार नै आइसोलेशनमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।

अहिले गाउँपालिकाका ३ जना र बुद्धभूमिका २ जना गरी ५ जना कोरोना संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य र प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहेको अधिकारीले बताउनुभयो ।

विजयनगरका ३ जनामा एकै पटक कोरोनाको संक्रमण देखिएपछि गाउँपालिकाकाले २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ९ : ०४ बजे