२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुमा एकै पटक थपिए २६ संक्रमित, मुलुकभर संक्रमितको संख्या पुग्यो ७७२



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा २६ जनासंगै नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ।

यस्तो छ कपिलवस्तुमा थपिएका संक्रमितको संख्या

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।

जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन ।

जसमा दुई बर्षीया बालिका रहेकी छिन । यस्तै अरु १९ बर्ष देखि ५५ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

यिनीहरुको अनिरुद्ध माध्यमिकमा नमुना परिक्षण गरिएको थियो ।

सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक एक गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो ।

मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ५ : ०२ बजे