१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बायर्नद्धारा डर्टमण्ड पराजित



एजेन्सी ।
जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल बायर्नको जितमा निर्णायक बनेको थियो ।

बल पोजिसनमा पदक जमाएको बायर्नले पहिलो हाफमा थप केहि गोलको अवसर सदुपयोग गर्न सकेनन् । यस्तै खेलको ८३ औ मिनेटमा रोबर्टो लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किदा बायर्न अग्रता दोब्बर बनाउन चुकेको थियो ।

डर्टमण्डले समेत खेलमा केहि सुनौलो मौका गुमाएको थियो । उसका युवा स्टार अर्लिङ हालाण्डको केहि उत्कृष्ट प्रहारले पोस्ट जाली चुम्न सकेन ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दुरी समेत ७ अंकको बनाएको छ ।

बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  १० : ४८ बजे