१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बारामा फेरि ८ जना थपिए कोरोना संक्रमित, कुल संक्रमितको संख्या पुग्यो ८ सय ५०



काठमाडौं ।
बुधबार बारामा ८ जना कोरोना संक्रमित थपिएका छन् । पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए ।

बाँकी संक्रमित भने भारतबाट आएका हुन् । भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ ।

बुधबार बिहानै बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन् ।

रौतहट, झापा र बाग्लुङका संक्रमित पनि भारतबाटै आएको खुलेको छ । उनीहरू सबै भारतबाट आएर जिल्लाका क्वारेन्टिनमा बसेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  २ : २५ बजे