१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देशभर ११४ जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चार नम्बर ।

देशभर ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ बजे दिएको जानकारी अनुसार १ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यससंगै नेपालका ४७ जिल्लामा जम्मा संक्रमितको सख्या ८८६ पुगेको छ ।

धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ४ : २७ बजे