७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगाबाट १ सय ५२ जनाले दिए स्वाब, कोरोना परिक्षणका लागि काठमाडौँ पठाइयो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट बुधबार १ सय ५२ जनाको स्वाब संकलन गरिएको छ । आज सिद्धार्थ क्याम्पसको क्वारेनटाइनमा रहेका, कोरोना संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा आएका, जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको गरी १ सय ५२ जनाको स्वाब लिइएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ७७ जना समुदाय स्तरका, १३ जना जनप्रतिनिधि, २८ जना नगरका कर्मचारी, १७ जना संचारकर्मी, १५ जना क्वारेनटाइनमा बसेकाहरु र २ जना सुरक्षा गार्डको पनि स्वाब लिइएको छ ।

बुधबार स्वाब लिनेहरुमा नगरप्रमुख मंगल प्रसाद थारु लगायतका जनप्रतिनिधी रहेका छन् भने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी लगायतका कर्मचारी रहेका छन् ।

बुधबार लिइएका सबै स्वाबलाई कोरोना परिक्षणका लागि नगरको गाडीबाटै आजै काठमाण्डौ पठाइएको स्बास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष, संचारकर्मी र ठाकुरापुरकी बालिकाका सम्पर्कमा आएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखेर समुदायस्तरका ब्यक्तिको धेरै स्वाब लिइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ६ : १४ बजे