१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थपिए स्याङ्जा र नवलपरासीमा कोरोना संक्रमित



काठमाडौं ।
शुक्रबार बिहान गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जाका तीन जना र नवलपरासी सुस्ता पूर्वका एकजनामा संक्रमण भएको पुष्टि गरेको छ ।

स्याङ्जाका तीन जना संक्रमितमध्ये दुई पुरुष र एक महिला छन् । उनीहरू वालिङ निवासी हुन् र सोही नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका थिए ।

यस्तै नवलपरासीका संक्रमित देवचुली नगरपालिकाका १९ वर्षीय युवक हुन् । उनी पनि क्वारेन्टिनमै बसेका थिए । उनलाई चितवनस्थित भरतपुर अस्पताल लगिएको छ ।

योसँगै संक्रमितको संख्या ८ सय ८९ पुगेको छ । बिहीबार मात्र एकैदिन १ सय १४ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १० : २४ बजे