१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

लाइपजिग बराबरीमा रोकियो



एजेन्सी ।
कोरोना भाइरसको महामारीबीच सुरु भएको जर्मन बुन्डेस लिगामा आरबी लाइपजिगले बराबरी खेलेको छ । बिहीबार राति घरेलु मैदानमा हेरर्था बर्लिनसँग २–२ गोलको बराबरी खेल्दै लाइपजिगले बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो ।

बराबरीसँगै तेस्रो स्थानको लाइपजिगको ५५ अंक भएको छ । हेरर्थाको ३५ अंकसहित दशौं स्थानमा छ । दोस्रो स्थानको डर्टमन्डलाई उछिन्ने मौका भने आइपजिगले गुमाएको छ ।

खेलको नवौं मिनेटमा मार्को ग्रुजिकको गोलबाट पाहुना टोली हेरर्थाले अग्रता बनाएको थियो । २४औँ मिनेटमा लुकास क्लोस्टरम्यानले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६३औँ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मार्सेल हैल्स्टनबर्गले मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । प्याट्रिक स्किकले ६८औं मिनेटमा गोल गर्दै घरेलु टोली लाइपजिगलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेटअघि क्रिज्सटोफ पीएटेकले पेनाल्टीमा गोल गर्दै घरेल टोलीलाई बराबरी दिलाए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १२ : २३ बजे