११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुको निग्लिहवा र जहदी क्षेत्रका थप चार जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणका क्रममा चार जनामा कोरोना पुष्टि भएको हो ।

कपिलवस्तु नगरपालिकाको बुद्धपद्म स्कुलको क्वारेनटाइनमा रहेका वडा नं. ९ र १० को निग्लिहवा र वडा नं. ११ जहदीका चार जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत जेष्ठ १२ गते १ सय ७० जनाको नमुना परिक्षण गरिएको थियो । जसमध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।

विहीबार मात्र कपिलवस्तुका २४ जनामा कोरोना देखिएको थियो । जसमा एक जना अर्घाखाँची भूमिकास्थान नगरपालिकाका थिए । उनको मृत्यु भएपछि कृष्णनगरबाट स्वाब संकलन गरिएको थियो ।

जिल्लाका कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : १४ बजे