१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कोरोनाले भारतमा चीनमा भन्दा बढीको ज्यान लियो



एजेन्सी ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ’पहिलो पटक एकैदिन यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका’ मन्त्रालयले जनाएको छ ।

भारतमा कोभिड–१९ को कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार सात सय ६ पुगेको ५ । ताजा तथ्याङ्कका अनुसार भारतमा कोरोना महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा धेरै भएको छ । चीनमा आधिकारिक रुपमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ३८ रहेको छ ।

भारतमा अहिलेसम्म एक लाख ६५ हजार सात सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको हिसाबले भारतले गएको हप्ता नै चीनलाई पछाडि पारेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाका सक्रिय बिरामीको सङ्ख्या ८९ हजार नौ सय ८७ रहेको छ । जबकि ७१ हजार एक सय पाँच जना उपचारपछि निको भएका छन् ।

महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राज्य हो, जहाँ ५९ हजार पाँच सय ४६ जनामा कोरोना पुष्टि भएको छ भने एक हजार नौ सय ८२ जनाको ज्यान गएको छ ।

महाराष्ट्रपछि सबैभन्दा धेरै तलिमनाडुमा १९ हजार तीन सय ७२ जना, दिल्लीमा १६ हजार दुई सय ८१ जना र राजस्थानमा आठ हजार ६७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  १ : ३८ बजे