२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेपालमा आज मात्र १ सय ७० जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा आज मात्र १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सो कुराको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन् । योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ। 

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन् । संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।   

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३० बजे