२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा कोरोना छैन भनेर घर पठाइएका तीन जनामा पुनः कोरोना देखिएपछि…



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमण छैन भनेर घर पठाइएका तीन जना व्यक्तिमा पुनः कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जिल्लाको विजयनगर गाउँपालिकाका तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको हो ।

विहीबार साँझ राप्ति विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा विजयनगरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यिनीहरुको गत जेष्ठ ९ गते नमुना स्वाब संकलन गरी कोरोना परिक्षणका लागि दाङ पठाइएको थियो । सोहि मध्ये ९ जनामा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य कार्यालय कपिलवस्तुले विहीबार साँझ गरेको थियो ।

९५ जना मध्ये ९ जनामा कोरोना भएको पुष्टि भएपछि अरुलाई विहीबार साँझ नै घर पठाइएको थियो । घर नजिक भएको कारण उनीहरुलाई घर पठाइएको थियो । तर, शुक्रबार अपराह्न सवा ४ बजे स्वास्थ्य कार्यालय कपिलवस्तुको आधिकारीक फेसबुक पेजमा विजयनगरका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि थियो ।

एकाएक कोरोना भएको पुष्टि देखेपछि विजयनगरको स्वास्थ्य शाखाले आवश्यक बुज्ने प्रयास गर्‍यो । आवश्यक बुज्ने प्रयास गर्दा विहीबार कोरोना नभएको भनेर घर पठाइएका मध्येमा पुनः कोरोना भएको रिपोर्ट आएको हो ।

रिपोर्टमा घर पठाइएका मध्ये तीन जनामा कोरोना देखिएपछि विजयनगरमा हंगामा मच्चिएको छ । अहिले घरमा रहेका तीनै जनालाई क्वारेनटाइनमा ल्याइएको स्रोतले बताएको छ । घर पठाइएका वडा नं.५, वडा नं. ३ र वडा नं. ७ को रहेको जनाइएको छ । उनीहरु हालै भारतबाट आएका थिए ।

कसले कमजोरीका कारण यस्तो हुन गयो भनेर गाउँपालिकाले अनुसन्धान प्रक्रिया थालेको बताइएको छ । घर र गाउँमा उनीहरु को कोसंग सम्पर्कमा आए भन्नेबारे केहि जानकारी प्राप्त भएको छैन ।

यद्यपि वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरीले यो विषयमा बुज्ने प्रयास गरिरहेको प्रतिक्रिया दिनुभयो ।

जेष्ठ ९ गते स्वाब संकलन गरिएको मध्ये गशेणपुर र जुडपानीका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ४० बजे