२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

चौविस घण्टामा कपिलवस्तुका ४ स्थानीय तहका ५२ जनामा कोरोना देखियो



मायादेवी अनलाइन, चारनम्बर ।
पछिल्लो २४ घण्टामा कपिलवस्तुका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ४ स्थानीय तहका ५२ जनामा कोरोना देखिएको हो । पछिल्लो समय कोरोना संक्रमण देखिनेमा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका रहेका छन ।

जसमा यशोधरामा ३६ जना, कृष्णनगरमा ११, बुद्धभूमिमा २ र विजयनगरमा ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

पछिल्लो विवरण अनुसार कृष्णनगर नगरपालिकाका वडा न. १ का २६ देखि ४८ बर्षमा ६ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै वडा नं. २ का बर्ष १८ देखि ४२ बर्षका तीन पुरुष र वडा नं. ४ का बर्ष २३ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बुद्धभुमि नगरपालिका वडा न. ४ का ३६ बर्षीय एक पुरुष र वडा नं. ८ का २४ बर्षीय एक पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

यता यशोधरा गाउँपालिका वडा नं. ३ का ३७ देखि ५२ बर्षीय सम्मका ४ जना, वडा नं. ४ का ४५ बर्षीय एक जना, वडा नं. ५ का ७ बर्षीय एक जना, वडा नं. ६ का ६ देखि ५० बर्षीय सम्मका २३ पुरुष र वडा नं. ७ का १५ देखि ५० वर्षसम्मका ७ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यता विजयनगर गाउँपालिका वडा नं. ७ का १६ देखि २८ बर्ष सम्मका ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । शुक्रबार ३६ जना थपिएसंगै यशोधरामा मात्र ७२ जना संक्रमित पुगेका छन् । जिल्लामा १५ जना निको भई घर फर्केका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : १८ बजे