२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कोरोनाको खराब ग्राफमा ब्राजिल, २४ घण्टामा २९ हजार बढी संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा ब्राजिलमा २९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । ब्राजिलमा २९ हजार ५२६ कोरोना संक्रमित २४ घण्टाको अवधीमा थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संख्या विश्वमै सबैभन्दा धेरै हो ।

सोही आवधीमा ब्राजिलमा १ हजार १८० कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ हजार ९४४ पुगेको छ । संक्रमितको संख्या ब्राजिलमा अमेरिका पछि सबैभन्दा धेरै ४ लाख ६८ हजार ३३८ पुगेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ३८ बजे