७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

पाकिस्तानमा अन्तर्राष्ट्रिय उडान सुरू



एजेन्सी ।
पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरु गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ ।

प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरु गरिसकेको छ । “संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५६ बजेपछि सुरु हुनेछन् ।

“ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,” सूचनामा भनिएको छ । सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ ।

जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् ।पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो । -डन डटकम

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ४१ बजे