१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्वमा कोरोना सङ्क्रमितको संख्याले ६० लाख नाघ्यो



काठमाण्डौ ।

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजार ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ सय ३० जना सङ्क्रमित छन् । अमेरिकामा अहिलेसम्म १ लाख ४ हजार ५ सय ४२ जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमित धेरै रहेका देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा ४ लाख ६८ हजार ३ सय ३८ जना सङ्क्रमित भएका छन् । त्यहाँ झण्डै २८ हजार जनाको ज्यान गएको छ । यस्तै रुसमा ३ लाख ८७ हजार ६ सय २३ सङ्क्रमतिमध्ये ४ हलार ३ सय ७४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ४६ बजे