१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७ पुग्यो, थप एक जनाको मृत्यु



सुर्खेत ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७ पुगेको छ । शनिबार थप कोभिड–१९ का कारण दैलेखमा एक जनाको मृत्यु भएपछि संख्या ७ पुगेको हो ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

तस्बीरः फाइल

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ०४ बजे