४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कोरोना महामारीः भारतमा ५ हजार बढीको मृत्यु, संक्रमित बढेको बढै



काठमाडौं ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो ।

एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : २२ बजे