१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना महामारीः अमेरिकामा संक्रमित १८ लाख नाघ्दा मृत्यु १ लाख ५ हजार बढी



काठमाडौं ।
५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २८७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख १५ हजार ८१७ पुगेको छ ।

कुल संक्रमितमध्ये ५ लाख ३० हजार ६१६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७९ हजार ६६१ जनामध्ये १७ हजार १५९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : २८ बजे