१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कोरोना भाइरसविरुद्ध चीनले बनाएको खोप यो वर्षको अन्तिममा तयार हुने



एजेन्सी ।
चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको एक खोप यो वर्षको अन्त्यसम्ममा तयार हुन सक्ने चीन सरकारले बताएको छ । कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

चीनका सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो । बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ३४ बजे