१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा आजबाट लकडाउन खुकुलो, यी क्षेत्र दिनभर खुल्नेछन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा आइतबार (आज)बाट बैङ्क, अत्यावश्यक पसल र घाटगद्दी गरिएका नदीजन्य पदार्थ ढुवानीको लागि संचालनको प्रकृति फरक बनाईदै छ । जिल्लाभर घाटगद्दी गरी राखिएका नदीजन्य पदार्थको लागि ढुवानीको अनुमति दिइएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यलयमा बसेको सुरक्षा समितिको वैठकको निर्णय अनुसार आजबाट दैनिक तीन दिन खुल्दै आएका अत्यावशयक पसल अब दैनिक खुल्ने छन् ।

ती पसल विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ने छन् । यस्तै हप्तामा ४ दिन खुलेका बैङ्क आजबाट दैनिक खुल्ने जनाइएको छ ।

यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दैनिक दुई घण्टा पसल खुलाउने निर्णय गरेसंगै लकडाउनलाई लिएर विभिन्न चर्चा परिचर्चा उठ्न थालेको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढीरहेका बेला प्रशासनले गरेको यो निर्णयको सकारात्मक र नकरात्मक प्रतिक्रिया आइरहेको छ ।

कतिपयलाई दैनिक दुई घण्टा बजार नै खुल्ला भएको त होइन भन्ने भ्रम पनि छ । तर, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अहिले हप्ताको तीन दिन खुल्दै आएका पसललाई मात्र दैनिक खुल्ला गर्ने निर्णय लिइएको बताउनुभयो । अरु पसल कुनै सञ्चालन नहुने उहाँले शनिबार मायादेवी अनलाइन मार्फत प्रष्ट पार्नुभएको थियो । प्रजिअ पौडेलले मंगलबारसम्म यो निर्णय लागू हुने र जेष्ठ २१ गते देखि फरक निर्णय लिइने बताउनुभयो । कपिलवस्तुमा शनिबार साँझसम्म २ सय ६५ कोरोना संक्रमित भेटिएका छन । जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिसकेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ८ : २१ बजे