१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तनहुँमा पहिलोपटक कोरोना संक्रमित फेला, गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना पुष्टि



काठमाडौं ।
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ निर्देशनालायले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार बागलुमा ८ जना स्याङ्गजामा ७ जना म्याग्दी, लमजुङ र तनहुँमा एक एक जना नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ जना रहेका छन् । त्यस्तै ३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  १२ : २७ बजे