१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

वाणगंगाः मेयर, उपमेयरसहित ५८ जनामा कोरोना देखिएन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार आएको ५८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

यसमा केहि जनप्रतिनिधि र समुदायका रहेको स्वास्थ्य शाखाले जनाएको छ । १ सय ५२ जनाको स्वाब पठाइएको मध्ये ५८ जनाको आएको हो । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले यो विषयमा जानकारी दिनुभयो ।

वाणगंगामा अहिलेसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ६ : ३० बजे