१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लिग खेल्न धेरै पर्खिन सक्दैनौं : मार्सेलो



एजेन्सी ।
रियाल म्याड्रिडका स्टार खेलाडी मार्सेलोले ला लिगा खेल्न अब धेरै पर्खिन नसक्ने बताएका छन् । कोरोना भाइरस महामारीपछि पुनः सुरु हुने ला लिगा खेल्नका लागि आफू आँतुर भएको उनले बताए ।

ब्राजिलियन डिफेन्डर मार्सेलोले एक टेलिभिजन अन्तर्वार्तामा यति लामो समय मैदान बाहिर रहेको पहिलोपटक भएको बताए । “हामी कहिल्यै यति लामो समयसम्म मैदान बाहिर रहेका थिएनौं । त्यसैले फुटबल खेल्ने हाम्रो चाहना बढ्दै गएको छ,” उनले भने, “अब हामी फेरि मैदानमा फर्किंर्दै छौं र धेरै कुर्न सक्दैनौं ।”

उनले थपे, “यो अवस्था यसअघि हामीले बिताउँदै आएको भन्दा फरक थियो । हामीले यसलाई सकारात्मकता लिनुपर्दछ र अब हामीले सहज दिनचर्याको प्रयोग गर्दै आएका छौं । अहिले अवस्था पहिले जस्तो सहज छैन, तर सबै कुरा राम्रो छ ।”

मार्सेलोले रियल मड्रिडको टोली पूर्ण स्वास्थ रहेको बताए । लामो समय बलसँग समय बिताउन नपाए पनि छोटो समयमै भए पनि टोली उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ४ : ५६ बजे