७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘मेस्सी र रोनाल्डोलाई आफ्नो आइडल मान्दैनँ’



एजेन्सी ।
विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी प्रचलित नाम हो । यी दुई खेलाडीको प्रेरणाले नै धेरै नयाँ खेलाडीले आफ्नो फुटबल खेललाई उत्कृष्ट बनाएका छन् । उनीहरूले रोनाल्डो र मेस्सीलाई आफ्नो आइडलका रूपमा लिन्छन् ।

मेस्सी र रोनाल्डोलाई धेरै खेलाडीले आफ्ना लागि उत्कृष्ट खेलाडी भएको आकलन गर्छन् । कुनै खेलाडीले रोनाल्डोलाई आफ्नो आइडल भन्छन् भने कसैले मेस्सीलाई आफ्नो मान्छन् । लिजेन्डरी खेलाडी पनि कसैले मेस्सीलाई उत्कृष्ट मान्छन् भने कसैले रोनाल्डोलाई ।

एसी मिलानका खेलाडी इस्माइल बेनासेसरले मेस्सी र रोनाल्डो आफ्नो आइडल नभएको बताएका छन् । उनले मेस्सी र रोनाल्डो अन्य सामान्य मानिसजस्तै भएको प्रतिक्रिया दिएका छन् ।

“सबै खेलाडीले मेस्सी र रोनाल्डोलाई आफ्नो आइडका रूपमा लिन्छन् । तर, म भने उनी दुवै खेलाडीलाई आफ्नो आइडल मान्दैनँ । उनीहरू उत्कृष्ट होलान् तर भगवान भने होइनन् । सामान्य मानिस जस्तै हुन्,” बेनासेसरले भने ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ५७ बजे