४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

डेभिड लुइज आर्सनलमै रहने



एजेन्सी ।
ब्राजिलियन डिफेन्डर डेभिड लुइजले प्रिमियर लिग क्लब आर्सनलमै रहन चाहेको उनका एजेन्ट किआ जुराबचियानले बताएका छन् ।

उनले लुइजको आर्सनल छोड्ने कुनै इच्छा नभएको र उनी अर्को सिजन पनि एमिरेट्स स्टेडियममै रहने उच्च सम्भावना रहेको एजेन्ट किआले बताए । ३३ वर्षीय लुइज यसै सिजनको सुरुवातमा चेल्सीबाट ८ मिलियन पाउन्डमा आर्सनल भित्रिएका थिए ।

उनीसँग आर्सनलले एक वर्षका लागि अनुबन्ध गरेको जनाएको छ । तर, थप सम्झौताका लागि हालसम्म कुनै छलफल नभएको बताइएको छ । ब्राजिलियनले आफ्नो भविष्यको बाँकी खेलका लागि पूर्व क्लब बेन्फिकासँग हस्तान्तरण वार्ता गरिसकेको बताएका छन् । अघिल्लो साता मात्रै उनले बेन्फिकामा रहेर आफ्नो फुटबल करियरको अन्त्य गर्न चाहेको बताएका थिए ।

यदि बेन्फिका समर्थकले उनी पुनः फर्केन चाहेको खण्डा यो सम्भव हुने उनको तर्क छ । तर, यता एजेन्ट किआले उनी आर्सनलमा धेरै खुसी रहेको बताए । किआले यस सिजनको अन्त्य हुनु पूर्व एक निष्कर्ष निकालेर समाधान हुनेमा विश्वस्त रहेको बताए ।

“उनी आर्सनलमा धेरै खुसी छन्,’’ “किआले भने, “उनको प्रशिक्षक र खेल निर्देशक दुवैसँग धेरै राम्रो सम्बन्ध छ । उनले क्लबका मालिकदेखि सबैसँग राम्रो सम्बन्ध बनाएका छन् । सिजन सुरु हुनु भन्दा पहिले डेभिड र आर्सेनलबीच छलफल हुनेछ । तर, हामीले आर्सेनलको स्थिति कस्तो हुन्छ हेर्नु पर्नेछ ।”

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ८ : ५१ बजे