एजेन्सी ।
जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्डका खेलाडी जोर्डान सान्चोले नयाँ रेकर्ड राखेका छन् । उनले युरोपिनय लिगमा एकै सिजन १६ गोल र १६ असिस्ट पूरा गर्ने खेलाडीका रूपमा नयाँ रेकर्ड राखेका हुन् ।
कोरोना भाइरसको महामारीकाबीचमा सुरुआत भएको जर्मन बुन्डेस लिगा अन्तर्गत पाडेरब्रोनविरुद्धको खलमा उनले ह्याट्रिक गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
उनी उत्कृष्ट पाँच युरोपियन लिगमा एकै सिजन १६ गोल र १६ असिस्ट गर्ने इङ्ल्यान्डका खेलाडी हुन् । योभन्दा पहिला इङ्ल्यान्डका खेलाडी माथियु पाउलले प्रिमियर लिगमा उच्च रेकर्ड बनाएका थिए । उनले प्रिमियर लिग क्लब साउथह्यापटनबाट १५ गोल १५ असिस्ट गरेका थिए ।
सन् २०१७ बाट बर्डमन्डको सिनियर टोलीबाट खेलिरहेका सान्चोले हालसम्म क्लबका लागि ७३ लिग खेल खेल्दै ३० गोल गरिसकेका छन् ।







प्रतिक्रिया