२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

स्याङजामा थप ५ जना कोरोना संक्रमित भेटिए



स्याङ्जा ।
स्याङ्जामा मंगलबार ५ जना कोरोना संक्रमित थपिएका छन् । चापाकोट नगरपालिकाका ४ जना र बिरुवा गाउँपालिकाका एक जनामा संक्रमण देखिएको हो । चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० का र बिरुवा गाउँपालिकाकाको क्वारेन्टाईनमा बस्दै आएका २० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु सबै भारतबाट आएका हुन् । योसँगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। यस अघि वालिङका ५, गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भइरहेको छ । संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पताल स्याङजाको आइसोलेसनमा राखिने भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ९ : ३४ बजे