२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

वाणगंगासंगै कपिलवस्तुका १७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३ सय ३४ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा मंगलबार पुनः १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन नगरपालिकाका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नं ४ का एकजनामा कोरोना देखिएको छ । उनी १६ बर्षीय पुरुष रहेका छन ।

यस्तै शिवराज नगरपालिकाका १५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन ।

यस्तै वडा नं. ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन ।

वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षमा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नं. ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं. ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं. १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन ।

यसैगरी वडा नं. ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  १२ : ०१ बजे