२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

शिवराजका ७ वडाका ३ जना महिलासहित १५ जनामा कोरोना देखियो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार नगरका ७ वडाका तीन जना महिलासहित १५ जनामा कोरोना देखिएको हो ।

जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन ।

यस्तै वडा नं. ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन ।

वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षमा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नं. ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं. ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं. १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन ।

यसैगरी वडा नं. ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

मंगलबार नै वाणगंगा र महाराजगञ्जका एक एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  १२ : १५ बजे