२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

प्रदेश ५ का ६९९ जनामा कोरोना संक्रमण, पहिलो पटक प्यूठानमा देखियो



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ को प्यूठानमा समेत कोरोना संक्रमित भेटिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा प्यूठानका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशका १२ जिल्ला मध्ये रोल्पा बाहेक सबै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन । प्रदेशभर ६ सय ९९ जना संक्रमित पुगेका छन । जस मध्ये प्रदेशका ११ जिल्लामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार मंगलबार प्रदेश ५ का प्यूठानसहित ७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन । जसमा बर्दियाका ३, बाँकेका १‍७, दाङका १७, कपिलवस्तुका १६, नवलपरासी पश्चिमका १ र रूपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा संक्रमण पुष्टि भएका सबै सैनामैना नगरपालिकाका हुन ।

यता कपिलवस्तुको शिवराज नगरपालिकाका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । तर, स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार भने संक्रमित पुष्टि हुनेमा शिवराज नगरपालिकाका १५ र महाराजगञ्ज नगरपालिकाका एक जना रहेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ४ : ३४ बजे