२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कपिलवस्तुमा कोरोना संक्रमित ३ सय ६५ पुगे, देशभर २ हजार ९९ जना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा मंगलबार थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन स्थानीय तहमा गरेर १२ महिलासहित ४८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार दुई पटक उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाको मायादेवी गाउँपालिकामा ३२, शिवराज नगरपालिकामा १५ र महाराजगञ्जमा १ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

मायादेवी गाउँपालिकामा देखिएका संक्रमित मध्ये ९ महिलासहित ३२ जना रहेका छन । संक्रमित १० महिने बालकसंगै ८० बर्षका बृद्ध समेत छन ।

शिवराज नगरपालिकाका पन्ध्र जना संक्रमित नै भारतबाट आएको खुलेको छ । नगरका ७ वडाका तीन महिलासहित थपिएका पन्ध्र संक्रमित भारतबाट सिधै क्वारेनटाइनमा आएको नगर प्रमुख नेत्रराज अधिकारीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य उहाँले बताउनुभयो । उनीहरुलाई नगरपालिकाले निर्माण गरेर आइसोलेशनमा राखेर उपचार थालिएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकाका १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन ।

यस्तै वडा नं. ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन । वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ ।

वडा नं. ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं. १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन ।

यसैगरी वडा नं. ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा कूल संक्रमितको संख्या ३६५ पुगेको छ ।

यसैबीच स्वास्थ्य कार्यालय कपिलवस्तुले वाणगंगा नगरपालिका वडा नं. ४ का एक १६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको थियो । तर, उनी वाणगंगा नगरपालिकाका नभएको वाणगंगा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार संक्रमित नवलपुर जिल्लाका हुन ।

ती संक्रमित वाणगंगाको क्वारेनटाइनबाट हालै मात्र आफ्नो गृह जिल्ला गएका थिए । वाणगंगा घर भएकाहरुसंगै भारतबाट आएका उनलाई नगरपालिकाले क्वारेनटाइनमा राखेर स्वाब संकलन गराएको थियो । पछि नवलपुरका जनप्रतिनिधिले ती व्यक्तिलाई आफ्नै क्वारेनटाइनमा लगेर गएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

देशभर मंगलबारमात्र २ सय ८८ संक्रमित थपिए

देशभर मंगलबार मात्र २ सय ८८ जनामा कोरोना भाइरस देखिएको छ । देशका विभिन्न जिल्लामा गरेर संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ । तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए । उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ६ : ०२ बजे