काठमाडौं ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् । शुक्रबार माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए ।
अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा ढकाल पनि सहभागी थिए । ढकालविरुद्ध अनुसन्धान भइरहेको डीएसपी केसीले बताए । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको छ ।
यसअघि मंगलबार नै कैलालीबाट विप्लव समूहकी पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ परेकी थिइन् । उनलाई गोरखामा राखिएको छ। उनीविरुद्ध त्यहाँ शान्तिविरुद्धको अपराधमा मुद्दा थियो ।







प्रतिक्रिया