१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

निर्माण समस्या बुझेर नदीजन्य पदार्थ खोलेको हो, बदमासी हुनासाथ बन्द हुन्छः सिडिओ पौडेल



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरसको उच्च संकटमा रहेको कपिलवस्तुमा नदीजन्य पदार्थको ढुवानी संचालनको विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रष्ट पार्नुभएको छ । जिल्लाको सुरक्षा संयन्त्रको वैठकले लक डाउन खुकुलो भएसंगै निर्माण सम्बन्धि काम गर्न भन्दै नदीजन्य पदार्थ ढुवानीको लागि अनुमति दिइएको पौडेलले प्रष्ट्याउनु भएको छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मगाहर्जमा बुधबार विहान करिब १ घण्टा कुराकानी गर्दै उहाँले खुकुलो भएको लकडाउनको बारेमा बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले नदीजन्य पदार्थको ढुवानीमा अनियमितता भएको पाइए तुरुन्त बन्द गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोरोना संकटमा निर्माण उद्योग र ब्यापारहरु संचालन गरिएको सन्दर्भमा ढुंगा गिट्टी, बालुवा त चाहियो । नदी नै बन्द गरेपछि कसरी निर्माण कार्य हुन्छ भन्दै नदीजन्य पदार्थ खुलाइएको हो ।’

“यसको मौकाको फाइदा उठाउँदै सामाजिक दुरी कायम नगर्ने, मानिसको भीँड गर्ने र कोरोना जोखिम बढाउनेमा सम्बन्धित ब्यावसायीले ध्यान पुर्याएनन् भने ठाउँको ठाउँ कारबाही हुन्छ । त्यही दिनदेखि नदी बन्द गर्छौँ ।” उहाँले थप्नु भयो ।

यसको अनुगमन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहको हुने भएको भन्दै आफूहरुले पनि खोला उत्खनन्को निरन्तर अनुगमन गरिने बताउनु भयो ।

प्रजिअ पौडेलले जिल्लामा कोरोनाको जोखिम अब नबढ्ने बताउनु भएको छ । कोरोना सर्ने कारण भारतबाट आउने ब्यक्ति भएको हुँदा अब सिमामा सेना परिचालन गरेर भाग्ने समस्या समाधान हुने बताउनु भयो ।

“भारतबाट नेपालीहरु निर्बाध रुपमा आउने गरी सरकारले योजना बनाएको छ । सिमामा अबदेखि सेना परिचालन हुन्छन् । सेनाले सिमामा रहेका ब्यक्तिलाई होल्डिङ सेन्टरसम्म ल्याउँछ । अनि तत् पालिकाका गाडी बोलाएर क्वारेनटाइनमा सुरक्षासाथ पठाउने काम हुन्छ । त्यसपछि कसरी कोरोना फैलन्छ तपाईँ आफै भन्नुहोस्”, उहाँले भन्नुभयो ।

उहाँले रोगले भन्दा भोकले मानि मर्ने स्थिति आएको भन्दै अब विस्तारै आर्थिक गतिविधि संचालन गरिने बताउँदै विहान ११ बजेदेखि २ बजेसम्म मात्र अत्यावश्यक पसल संचालन गर्न अनुरोध गर्नुभएको छ । बैङ्कहरुमा जोर विजोर नीति जानेरै ल्याएको भन्दै यसले बैङ्मा आधाजति भीँडभाड कम गर्ने बताउनु भयो ।

उहाँसंग लकडाउन खुकुलो लगायतका धेरै बिषयमा कुराकानी गरेका छौँ तलको लिंकमा क्लिक गरेर सुन्न सक्नु हुने छ ।

बाँकी अन्तर्वार्ताका लागि यहाँ सुन्नसक्नुहुनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ५ : ३५ बजे