१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा ३ हजार बढीको स्वाब संकलन बाँकी, १ हजार चार सय रिपोर्टको पखाईमा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा अझै ३ हजार भन्दा बढी व्यक्तिमा कोरोनाको नुमना परिक्षण गर्न बाँकी रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहका क्वारेनटाइनमा रहेका ३ हजार ३ सय २५ जनाको कोरोना परिक्षण गर्न बाँकी रहेको हो ।

कोरोना संक्रमण पत्ता लगाउँन पिसीआर विधिबाट परिक्षण गरिदै आइएको छ । केन्द्र र प्रदेश सरकारले प्रयाप्त किट उपलब्ध गराउन नसक्दा परिक्षण ढिलो भैरहेको स्थानीय तहका प्रमुखहरु बताउँछन ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार साँझ दिएको जानकारी अनुसार बुधबार २ सय ३२ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका तीन स्थानीय तहमा स्वाब लिइएको हो । जसमा यशोधरा गाउँपालिकाका ९९ जनाको स्वाब संकलन गरिएको छ । यस्तै बुद्धभूमि नगरपालिकामा ८० जना र विजयनगर गाउँपालिकामा ५३ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लामा १० हजार एक सय ९० बेडको क्वारेनटाइन निर्माण गरिएको छ । भारतबाट आउँने एकाएक बृद्धि भएपछि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको जिल्लामा ३ हजार ७ सय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो संख्या अधिकांश भारतबाट आएकाहरुको हो भने कतिपय समुदायका पनि छन ।

हालसम्म जिल्लामा ५ हजार ५ सय ५६ जनाको स्वाब संकलन गरिएको छ । जसमा ४ सय २ जनामा कोरोना पुष्टि भैसकेको छ भने १ हजार ३ सय ९६ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

जिल्लामा आरडिटी परिक्षणलाई पनि तीव्रता दिइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १० हजार ३ सय ६७ जनाको आरडिटी विधिबाट कोरोनाको परिक्षण भएको छ । यद्यपि यो परिक्षण विधि विश्व स्वास्थ्य संगठनले आधिकारीक मान्दैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ९ : ३२ बजे