रुपन्देही ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिने भन्ने प्रश्न गरेका छन् ।
काठमाडौंलगायत जिल्लामा व्यापारीले पसल खोल्न थालेका खबर आइरहेका बेला मुख्यमन्त्री पोखरेलले बिहीबार फेसबुकमा स्टाटस लेख्दै गम्भीर बन्न आग्रह गरेका हुन् ।
‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड- १९ समुदायमा फैलिएको छैन,’ मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिनेरु गम्भीर बनौं ।’
जिल्ला-जिल्लाका उद्योग वाणिज्य संघ, साना-ठूला व्यापारीक संघले पसल खोल्न आफू मातहतका व्यापारीलाई आग्रह गरेको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।







प्रतिक्रिया