१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुकुम पश्चिमको घटनाप्रति तरुण दल र नेविसंघ बुद्धभूमिद्धारा विरोध



मायादेवी अनलाइन, चार नम्बर ।
रुकुम पश्चिममा घटेको जातीय घटनाको विरोधमा तरुण दल र नेविसंघ बुद्धभूमि प्रर्दशनमा उत्रिएको छ । घटनामा संलग्न दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै कांग्रेस भातृसंगठन प्रर्दशन गर्दै सडकमा उत्रिएका हुन् । उक्त अवसरमा तरुण र नेविसंघका नेताहरुले सरकारसंग दोषिलाई कडा सजाएको माग गरे ।

गोरुसिंगे सर्पदशं उपचार केन्द्रको अगाडीबाट सुरु भएको प्ले कार्डसहितको र्‍याली गौतमबुद्ध क्याम्पस चोक पुगेर पुनः फर्कि कोणसभामा परिणत भएको नेविसंघका कल्याण खनालले बताए ।

प्रर्दशनका क्रममा नेताहरुले दोषिलाई कारबाही गर, पीडितलाई न्याय दे, जातीय विभेद अन्त्य गरौं, घटनाको सत्य तथ्य निष्पक्ष छानवीन गर, घटनालाई राजनीति गन्ध दिन पाईदैन, सामाजिक सद्भाव कायम गरौं लेखेका प्ले कार्ड बोकेका थिए ।

कोणसभामा बोल्ने नेताहरुले रुकुम पश्चिम घटनाका दोषिलाई तुरुन्त कारबाहीको माग गरेका थिए ।

दीपेन्द्र सिंहको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता अनिल कुमार घिमिरे, दधिराम न्यौपाने, बालकृष्ण बेल्वासे, दलित नेता रामदेव पासी, डम्बर सिंह सुनार, नेविसंघका नेता रुपक खनाल लगायतले बोल्दै घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।

कार्यक्रमको सञ्चालन नेविसंघका बुद्धभूमि नगर सभापति अच्युत अर्यालले गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  १ : ०० बजे