१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुका क्वारेनटाइनमा बस्ने घट्दै, १० स्थानीय तहमा ३ हजार नजिक



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा क्वारेनटाइनमा बस्नेको संख्या क्रमश घट्दै गएको छ । बैशाख अन्तिम सातादेखि जेष्ठ दोस्रो हप्तासम्म झण्डै ९ हजारको हारहारीमा रहेका क्वारेनटाइनमा बसोबास गर्ने विहीबार साँझसम्म २ हजार ९ सय ४६ जना रहेका छन् ।

बुधबार ३ हजार ३ सय २५ जना रहेकोमा विहीबार त्यो संख्या घटेर २ हजार ९ सय ४६ जना पुगेका हुन् । विहीबार ३ सय ५० जना क्वारेनटाइमा बास छाडेर होम क्वारेनटाइनमा गएका छन । जसमध्ये विहीबार २९ जनालाई कोरोना देखिएपछि उपचारको लागि आइसोलेशनमा लगिएको छ ।

क्वारेनटाइमा बसोबास गर्ने प्राय भारतबाट आउने थिए । उनीहरु १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नु पर्ने हुन्छ ।

जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा सबैभन्दा बढी महाराजगञ्जमा ५ सय ४ जना रहेका छन । कुनै समय १५ सयको हारहारीमा क्वारेनटाइनमा रहेका यशोधरा गाउँपालिकामा अहिले त्यो संख्या घटेर ४ सय ५९ जना पुगेका छन । यशोधराले १५ सय बेडको क्वारेनटाइन स्थापना गरेको छ ।

जिल्लाका बुद्धभूमि नगरपालिकामा ३ सय ९२, विजयनगर गाउँपालिकामा ३ सय ८२, वाणगंगा नगरपालिकामा २ सय ९४, कृष्णनगर नगरपालिकामा २ सय ५०, कपिलवस्तु नगरपालिकामा २ सय १०, शिवराज नगरपालिकामा २ सय ४ जना क्वारेनटाइनमा रहेका छन् ।

यस्तै शुद्धोधन गाउँपालिकामा १ सय ५६ जना रहेका छन भने जिल्लामा सबैभन्दा पहिला कोरोना संक्रमित भेटिएको मायादेवी गाउँपालिकामा सबैभन्दा कम ९६ जना क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले विहीबार साँझ सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कपिलवस्तुमा विहीबारसम्म ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : २५ बजे