१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तौलिहवाको लुम्बिनी पिस बोर्डिङद्धारा २ महिनाको शुल्कमा शतप्रतिशत छुट




मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको तौलिहवास्थित लुम्बिनी पिस एकेडमीले विद्यार्थीहरुको २ महिनाको शुल्कमा छुट गरेको छ । विश्व महामारीको रुपमा रहेको कोरोना (कोभिड-१९) को कारण देशभरका शैक्षिक संस्थामा कुनै पठनपाठन नभएको हुँदा वैशाख र जेष्ठ महिनाको शुल्कमा शतप्रतिशत छुटको ब्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

लक डाउनको बेला सबै विद्यार्थीहरु घरमै रहेको र वैशाख र जेठ महिनाबाट कुनै शैक्षिक गतिविधि नभएको हुँदा विद्यालय संचालक समितिको वैठक बसी यस्तो निर्णय गरिएको संचालक समिति अध्यक्ष हरिराज शर्मा र प्रिन्सिपल गौरव गुप्ता कशौधनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । लक डाउनले गर्दा अभिभावकको पेशा, ब्यावसाय पनि प्रभावित भएको हुँदा पढाइ यस्तो अवस्थामा शुल्क लिदा उचित नहुने विद्यालयका प्रिन्सिपल कशौधनले मायादेवी अनलाइनसंग बताउनु भयो ।

उहाँले तत्काल विद्यालयमा पठनपाठन पनि हुने सम्भावना नभएकाले घरमै बसेर आआफ्ना ससाना नानीबाबुलाई पढाउन, सिर्जनशिल बनाउन पनि अभिभावकलाई आग्रह गर्नुभयो । साथै उहाँले बोर्डिङहरु केवल नाफा कमाउने संस्था मात्र होइनन् सेवामूल्क र अभिभावकको समस्या बुझ्ने पनि हुन्छन् भन्ने सन्देश दिनको लागि पनि जिल्लामै पहिलोपट यस्तो निर्णय गरिएको पनि भयो ।

सो विद्यालयमा मन्टेश्वरीदेखि कक्षा ३ सम्म पढाइ हुने गरेको छ । देशभरका धेरैजसो अभिभावकले कुनै पनि शिक्षण संस्थाले पठनपाठन नभएको अवधिको शुल्क लिनु न्यायोचित नहुने भन्दै मिनाहा गर्न माग पनि गरिरहेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ४२ बजे