२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अब क्वारेन्टाइनमा बसेकाको आरडीटी मात्रै गरिने



काठमाडौं ।
क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण नगरिने भएको छ । देशभर परीक्षणको स्याम्पल डम्प भएपछि स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका बनाएको हो । 

नयाँ निर्देशिकाअनुसार आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखिएको छ । 

कोरोना भाइरसको जस्तो लक्षण देखिएमा उनीहरूको पनि पीसीआरबाट परीक्षण गरिनेछ । क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण नगरिने भएको हो । क्वारेन्टाइनमा बसेको १४ दिनपछि उनीहरूलाई आरडीटी विधिबाट परीक्षण गरिने भएको छ ।

अहिले क्वारेन्टाइनमा १ लाख ५० हजारभन्दा बढी छन् । क्वारेन्टाइनबाट पनि स्याम्पल आएकाले प्रयोगशालामा थुप्रिएर बसेको छ । नेपालमा दैनिक ३ हजारको हाराहारमी पीसीआर विधिबाट परीक्षण भइरहेको छ । स्याम्पल कलेक्सन ३ हजारभन्दा बढी भइरहेको छ । जसका कारण ल्याबमा लोड बढी परेकाले रिपोर्ट आउन १ हप्तासम्म लाग्ने गरेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण उपकरणको अभाव छ । काठमाडौं उपत्यकासहित देशभर २० ठाउँमा पीसीआर विधिबाट परीक्षण हुन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : ११ बजे